डिप्रोक्स र नाडेप लघुवित्त मर्ज हुदै, चुक्ता पुँजी करिब १ अर्ब ४१ करोड « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

डिप्रोक्स र नाडेप लघुवित्त मर्ज हुदै, चुक्ता पुँजी करिब १ अर्ब ४१ करोड



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था मर्ज हुने भएका छन ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने छ । हिजो यि दुई संस्थाबीच प्रारम्भिक समझदारी एमओयू पत्रमा हस्ताक्षर भएको हो ।समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका छन ।

मर्जर हुने समझदारी पत्रमा हस्ताक्षर भएसंगै आजैदेखि नाडेपको सेयर कारोबार रोक्का भएको छ ।डिप्रोक्स लघुवित्त वित्तीय संस्था चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रहेको छ । देशका ७१ जिल्लामा १ सय २३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ ।

नाडेप लघुवित्त धादिङ्ग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको छ । ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

मर्जर पश्चात संस्थाको चुक्ता करिब पुँजी १ अर्ब ४१ करोड २ लाख पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्