त्रिवि सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

त्रिवि सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने भएको छ । आयोगले बिहीवार सूचना जारी गर्दै आगामी माघ २५ बाट फागुन २३ गतेसम्म पदअनुसारको लिखित परीक्षा हुने जनाएको हो ।

आयोगले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षा हुन लागेको हो । आयोगका अनुसार आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०७६ को संशोधनसहित)मा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउने बताइएको छ । आयोगले मंसिरमा सूचना जारी गर्दै २५ भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको थियो ।

आयोगका अनुसार छनोट भएका योग्य उम्मेद्वारको सूची आयोगको वेबसाइट परीक्षाका लागि योग्य उम्मेदवारको सूची www.tuservicecommission.edu.np/ मा प्रकाशित गरिएको आयोगले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्