मुख्यमन्त्री राईद्वारा दाहाल–नेपाल समूहका १५ सांसद निलम्बित « Arthapath.com
१६ पुष २०७७, बिहीबार

मुख्यमन्त्री राईद्वारा दाहाल–नेपाल समूहका १५ सांसद निलम्बित



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै दाहाल–नेपाल समूहका १५ जना प्रदेशसभा सदस्यलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका छन ।
प्रदेशसभा सदस्यलाई निलम्बन गरेको पत्र प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा सचिवालयमा बुझाएका छन ।

पत्रमा संसदीय दलको सदस्य भएको बेला दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ ।

साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको पनि पत्रमा उल्लेख छ गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्