१८ भदौ २०८३, बिहिबार

युवाहरुलाई लक्षित“युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन सिभिल बैंकले गर्ने



काठमाडौं । दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ ।

जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ । यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार २५,०००÷ १५,०००÷र १०,०००÷– क्रमश रहेको छ ।

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादिअथवाआफैले वा समूहमा वाद्ययन्त्र बजाएर गाईएको गीत (अधिकतमलम्बाइ ५ मिनेट सम्मको) “युथम्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले कुनै पनिभाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएकागीतलाई भने प्राथमिकता दिइने बैंकले जनाएको छ ।