संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा « Arthapath.com
१९ पुष २०७७, आईतवार

संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा



काठमाडौं । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलको तयारी गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन जानकारी दिएको छ ।

पार्टीका शीर्ष नेताहरुले गरेको छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमती भएको छ ।

उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा नेताहरू धारण राख्ने क्रम जारी रहेको स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्