नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा बन्द, ४ अर्ब ५६ करोडको कारोबार
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.५४ अंकले घटेको छ । नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ अंकमा बन्द भएको हो ।
मंगलबार १ करोड ८ लाख ९ हजार ६२५ कित्ता शेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँको कारोबार भएको छ । कारोबार सेन्सेटिभ पनि १.४७ अंकले ऋणात्मक देखिएको छ । मंगलबार कूल २०६ वटा कम्पनीको शेयर कारोबार भएको छ ।
यसैबीच, गत आइतबारदेखि शेयर कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको जम्मा ३० कित्ता शेयर खरिद बिक्री भएको छ ।













