फरवार्ड माइक्रोफाइनान्सले ३१.५८ प्रतिशत लाभांश दिने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६.५८ प्रतिशत नगद गरि कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।














