सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सनराइज बैंकको १३ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित



काठमाडौं । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारण सभा पुस २४ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको चुक्ता पूँजीको ५.८०% प्रतिशतका दरले हुने रु. ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ बराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८% का दरले हुने नगद लाभांश रु. २२ करोड २४ लाख १ हजार ७२३ रुपैयाँ (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु, संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैंक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पूँजीमा बृद्धि भई रु. ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ कायम हुन गएको छ । देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषि जन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिदैं यस बैकले हाल १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्