सूर्या लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा देवकोटा नियुक्त
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चूडामणि देवकोटा नियुक्त भएकाछन ।
हिजोे बसेकोसञ्चालक समितिको बैठकले उनलाई कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको कम्पनिले जानकारी दिएको छ ।
कम्पनीमा यसअघि स्वतन्त्र सञ्चालक पदमा गंगा प्रसाद शर्मा रहेका थिए । नवनियुक्त सञ्चालक देवकोटाले पुस २६ गतेदेखि नै उक्त पदको कार्यभार सम्हालेका छन ।