२ कार्तिक २०८३, सोमबार

एनआईसी एसिया र स्वदेशी लघुवित्त आज अन्तिम मर्ज हुँदै



काठमाढौं । एनआईसी एसिया र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर आज हनुमोदन हुने भएको छ । दुवै कम्पनीले आफ्नो वार्षिक साधारणसबाट मर्जर अनुमोदन गर्ने छन् । एनआईसी एसिया लघुवित्तले सभा जाजरकोटको भेरी नगरपालिकास्थित होटेल र्याडिसमा गर्दै छ भने स्वदेशी लघुवित्तको सुनसरीको इटहरीस्थित होटेल पाथीभरामा हुने भएको छ ।

दुवै सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट पेस गरिने स्वदेशी र एनआईसी एसिया लघुवित्त मर्जरसम्बनधी प्रतिवेदन पारित हुने छ । सभाले मर्जर प्रयोजनका लागि निर्धारण गरिएको सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ । यो सँगै मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्ने छ । यी दुवै लघुवित्तबीच गत साउन ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो ।