रत्नपार्कमा माधव नेपालको रोदन, ‘केपी ओलीले महाधिवेसनमा मलाई तिकडम गरेर हराए’

काठमाडौं । प्रचण्ड–माधव समुहका अध्यक्ष माधव नेपालले नेकपा एमाले तत्कालिन नऔं महाधिवेसनमा आफुलाई केपी शर्मा ओलीले अनेक तिकडम गरेर हराएको बताएका छन ।
महाधिवेसनमा मलाई ओलीले अनेक तिकडम गरे म हारेँ । यद्येपी एमालेको तत्कालिन नऔं महाधिवेसनमा ओली अशक्त भएर प्रचारमा जानसमेत सकेका थिएनन् । माधव नेपालले आज एमालेको नऔं महाधिवेसनको प्रसंग कोट्याएका हुन ।
माधव नेपालले मलाई हराइयो त्यसपछि मैले निरन्तर सहिँरहेँ । कतिन्जेल सहने भन्दै संबोधन गरेका थिए । शुक्रबार प्रचण्ड माधव समुहको विरोधसभालाई संबोधन गर्दै अध्यक्ष नेपालले मैले त सहेँ तर प्रधानमन्त्री ओलीले प्रचण्डलाई समेत द्वतिय अध्यक्ष वा उपाध्यक्ष भनेर पेल्ने काम गरे ।
माधव नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतले आफ्नो दललाई नै आधिकारिकता दिने बताए । आफ्नो पक्षमा बहुमत रहेकाले मुल पार्टी बन्ने बताए ।