घाटामा रहेको गोर्खाज फाइनान्सले गर्यो चमत्कार, नाफा १७८.२० प्रतिशत बढ्यो
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थियो । गत वर्षको यस अवधिको तुलनामा १७८.२० प्रतिशतले बढी खुद नाफा आर्जनन गरेको हो ।
कम्पनीको सञ्चालन मुनाफा १७७.४० प्रतिशतले बढेर २४ करोड ३३ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिसम्म सञ्चालन मुनाफा ८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले ७ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीले ७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २०.५४ प्रतिशतले घटेर १३ करोड ७३ लाख रुपैयाँमा सीमित बनेको छ । गत वर्ष यस्तो आम्दानी १७ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ३९.२५ रुपैयाँ पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १४.११ रुपैयाँ रहेको थियो ।













