नाडाको भिसिटीएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न « Arthapath.com
१२ माघ २०७७, सोमबार

नाडाको भिसिटीएस तथा करसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न



काठमाडौं । हिजो माघ ११ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को पहलमा १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । ६९औं विश्व भन्सार दिवसको अवसरमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको हो ।


अटोमोवाइल व्यवसायीहरुले आफनो व्यवसाय सञ्चालन गर्ने क्रममा कर, भन्सार तथा VCTS सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुले कर, भन्सार तथा VCTS सम्बन्धी विद्यमान प्रणालीहरु बारे यथार्थ जानकारी राख्नु अति आवश्यक भएको देखिएकोले उक्त कर, भन्सार तथा VCTS सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको नाडाले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अटोमोवाइल व्यवसायीहरुले कर, भन्सार तथा VCTS सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा व्यवसायीहरुलाई यस बारे आवश्यक जानकारी दिन यस्तो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएका छन । त्यसैगरी सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले आफना सदस्य कम्पनीहरुले कर, भन्सार तथा VCTS सम्बन्धी यावत समस्याहरु भोग्दै आईरहेको सन्दर्भमा यस्तो कार्यक्रमहरुले व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने मात्र नभई व्यवसायीहरुलाई आफनो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही बर्ष अघि देखि नाडाले यस्तो कार्यक्रमहरु गदै आएको उनले बताएका छन ।

उक्त प्रशिक्षण कार्यक्रममा भन्सार विभागकातर्फबाट निर्देशक ज्ञानेन्द्र ढकाल, आन्तरिक राजश्व विभागबाट निर्देशक सुर्यप्रसाद पोखरेल तथा राजश्व अनुसन्धान विभागका निर्देशक शिव शर्माले प्रशिक्षण दिनु भएको थियो । त्यसैगरी नाडाकातर्फबाट सि.ए साहिल अग्रवालले प्रशिक्षण दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्