सामसङ्गडिजिटल प्लाजा अब गाईघाटमा « Arthapath.com
१२ माघ २०७७, सोमबार

सामसङ्गडिजिटल प्लाजा अब गाईघाटमा



  • सामसङ्गडिजिटल प्लाजा ट्राफिक चौक, गाईघाट, उदयपुरमा उद्घाटन
  • एलईडी टिभीहरू, रेफ्ररिजेरेटर, वाशिंग मेशिन, माइक्रोवेभओभन, मोबाइलहरू र एयर प्यूरिफायर, ए.सी. सहितपूर्ण दायराका सामसङ्ग उत्पादनहरू उपलब्ध

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा. लि., नेपालमा सामसङ्ग इलेक्ट्रोनिक्स र घरेलू उपकरणहरूको आधिकारिक वितरकले, उदयपुरको गाईघाटमा १२औं सामसङ्ग डिजिटल प्लाजाको उद्घाटन गरेको छ । सामसङ्ग उत्पादनकालागि ग्राहकहरूको बढ्दो माग र अत्याधुनिक बिक्री काउन्टरहरूलेहिम इलेक्ट्रोनिक्सलाई विद्यमान सामसङ्ग प्लाजाको नेटवर्क विस्तार गर्न प्रेरित गरेको हो । हिम इलेक्ट्रोनिक्स प्रा. लि.ले गाईघाटमा पूर्ण सुविधायुक्तनयाँशोरूम “कालिका सप्लायर्स् एण्ड ट्रेडर्स्को उद्घाटन गरेको छ ।

शोरूमको उद्घाटन ११ माघ २०७७ मा आयोजित एक कार्यक्रमको बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले गरेका थिए । सामसङ्गप्लाजाले आफ्ना ग्राहकहरूलाई बिभिन्न तरिकाहरू मार्फत सुविधा पु¥याइरहेको छ । नयाँ प्लाजाको बारेमा हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले भने, “हामी हाम्रो नयाँ सामसङ्ग डिजिटल प्लाजा उदयपुरको गाईघाटमा शुरुगर्न पाउँदा खुसी छौं । यो विस्तारसँगै गाईघाटका ग्राहकहरु धेरै किसिमले लाभान्वित हुनेछन् भन्ने हाम्रो विश्वास छ ।”

सामसङ्गडिजिटल प्लाजामा सामसङ्गका अविश्वसनीय दायराका सबै उत्पादनहरू –एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन् । यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसङ्ग डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसङ्ग डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ । यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलार्इ विशेष ओपनिंग अफरहरु पनि दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्