७ श्रावण २०८३, बिहिबार

आइतबार सेयर बजार राताम्ये, ५४ अंकले घट्यो परिसुचक



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्ये भएको छ । आज नेप्से परिसुचक करिब ५४ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो समयसम्ममा परिसुचक ५३.८२ अंकले घटेको छ भने ४ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज अधिंकाश उपसुचक घटेका छन् । नेप्सेका अनुसार बैंकिङ समुहको ४०.१ अंकले, ट्रेडिङ समुह १३.९९ अंकले, होटल समुह ४७.३७ अंकले, विकास बैंक समुह ४६.५२ अंकले, जलविद्युत समुह ४४.११ अंकले, वित्त कम्पनी समुह ४१.६३ अंकले, निर्जीवन बीमा समुह २८५.५९ अंकले, उत्पादनमुलक समुह १४२.८५ अंकले, अन्य समुह २७.२८ अंकले, माइक्रोफाइनान्स समुह १२०.६८ अंकले र जीवन बीमा समुह ३९५.८४ अंकले घटेका छन् ।


प्रतिक्रिया दिनुहोस्