साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो ५४.७५ अंकले घट्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो ५४.७५ अंकले घट्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार आज सेयर बजारमा पहिरो गएर राताम्मे भएको छ ।

आजखुलेसँगै घट्न शुरु भएको बजार नेप्से परिसूकच ५४.७५ अंकले घटेको छ ।आज नेप्से ५४।७५ अंकले घटेर २ हजार ३ सय ७० दशमलव ५४ मा झरेको हो ।

आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ३ प्रतिशत भन्दा धेरैले घटेको छ भने बैंकिङ समूह पनि २ प्रतिशत भन्दा धेरैले घटेको छ । सबै सबइन्डेक्सनहरु घटेर राताम्मे देखिए पनि केहि कम्पनीहरुको सेयर मूल्य भने बढेको पनि छ ।

आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्यारेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । प्रभु लाइफको ९.९३ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्