मंगलबार कति छ सुनचाँदीकोे भाउ ?
काठमाण्डौ । मंगलबार सुनको भाउ स्थिर रहेको छ ।
आज नेपाली बजारमा सोमबारकै मुल्य तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा ५ सयले बढेको सुन आज स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ पनि तोलामा ८० रुपैयाँले बढेर १४ सय रुपैयाँमा पुगेको थियो ।













