२९ श्रावण २०८३, शुक्रबार

मंगलबार नेप्से ६५.४९ अंकले बढर्याे, बीमाका लगानीकर्ता धेरै कमाए



काठमाडौं । मंगलबार सेयर बजार नेप्से ६५.४९ अंकले बढेको छ । आज सेयर बजार ६५.४९ अंकले बढेर २४७३.७३ को बिन्दुमा पुगेर बन्द भएको छ ।

आज ८ अर्ब ३९ करोड ४३ लाख ३४ हजार २९० रुपैयाँ बराबरको १ करोड ४९ लाख १७ हजार ३९ कित्ता सेयर खरिद बिक्री भएको हो ।

आज होस्टल समुह भन्दा बाहेक अरु सबैका लागानीकर्ताहरुले कमाएका छन । तर होस्टल समुहका लगानीकर्ताहरुले गुमाएका छन । आज सबैभन्दा बढी नन लाईफ इन्स्योरेन्स क्षेत्रका लगानीकर्ताले कमाएका हुन ।