चन्द्रगिरिको आईपीओ अर्को साताबाट कारोबारमा आउने

काठमाडौं । आउने शुक्रबार सम्ममा चन्द्रागिरि हिल्सको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।
चन्द्रागिरि हिल्सले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता सेयर निष्कासन गरेको थियो ।
कुल १५ लाख ३४ हजार ९१ कित्तामध्ये ४५ अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५५ अर्थात ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो । चन्द्रागीरीको आईपीओमा जम्मा १२ लाख १६ हजार ९ सय ५३ जनाले आवेदन दिएका थिए । जसमा ५ हजार ८ सय ३८ जनाको आवेदन रद्ध भएको छ ।
उक्त शेयर यही साता सूचीकरण भए पनि दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।