बालुवाटार जग्गा काण्डमा मुछिएका भाटभटेनीका संचालक गुरुङ २ करोड धरौटीमा छुटे « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बालुवाटार जग्गा काण्डमा मुछिएका भाटभटेनीका संचालक गुरुङ २ करोड धरौटीमा छुटे



काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पुगेको प्रकरणमा मुछिएका भाटभटेनी ग्रुपका संचालक मिनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड धरौटीमा छोडेको छ ।

बुधबार गुरुङसंग विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ । बालुवाटारको सरकारी ११३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गर्ने क्रममा गुरुङपनि संग्लग्न रहेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

विषेश अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको इजलासले गुरुङसँग २ करोड धरौटी माग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्