गृहमन्त्री थापाको उद्घोष ‘गणतन्त्रको रक्षाको लागी नारायणहिटीमा सभा गर्नुपर्यो, मांसाहारी आन्दोलन गर्नेहरुलाई चिडियाखानामा लैजाउँ’
काठमाडौं । नेकपाका ओली समुहका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाले गणतन्त्रको रक्षाको निम्ती नारायणहिटी अगाडीको क्षेत्र तय गरिएको बताए ।

‘अव नारायणहिटीमा राजतन्त्र छैन’ भन्दै राजतन्त्र फालेर ल्याएको गणतन्त्रको रक्षाको निम्ती नारायणहिटीमा सभा गर्नु परेको बताए । गृहमन्त्री थापाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाउन खोज्दा राजनितिक अस्थीरता जोडिएको बताए ।
५ वर्षको लागी जनताले ओली नेतृत्वको लागी सरकार चलाउन जनताले मत दिएका हुन विचैमा हटाएर अस्थिर राजनितीक स्वर्थ पुर्तीका लागी केही नेता सडकमा गएको बताए ।
नयाँ आन्दोलनबाटै मात्रै राजनितीक स्थाइत्व प्राप्त गर्न सकिने मन्त्री थापाले बताए । उनले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडियाखानामा लगेर राख्नुपर्ने बताए । मांसाहारीहरुको काम चिडिायाघरमा मात्रै हुन्छ । नेता बादलले नयाँ निर्वाचनमार्फत मुलुकमा स्थाईत्व प्राप्त हुने बताए ।













