संचालक समितिमा विवाद बढेपछि सनराइज बैंककाे सीईओ जनक शर्माले दिए राजिनामा

काठमाडाैं । बैंक संचालक समितिमा विवाद बढेपछि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पाैड्यालले राजिनामा दिएका छन । साेमबार बैंकले डेपुटी सीईओमा आरती राणालाई नियुक्त गरेकाे थियाे ।
१९ महिनाअघि सनराइज बैंककाे सीईओमा नियुक्त भएका पाैड्याल कार्यकाल बाँकी छंदै बैक छाडेका हुन । नविल बैंकबाट बैंकिङ सुरूगरेका पाैड्यालसंग साँढे ३ दशक बैंकिङ अनुभव छ । उनि ग्लाेवल आईएमई बैंकमा पनि १४ महिना हुँदै विचैमा छाडेका थिए ।
पाैड्याल नियुक्ती भएकाे ६ महिनादेखीनै सनराइज बैंकमा सीईओ हटाउने खेल सुरू भएकाे थियाे । संचालक विवाद बढेपछि राष्ट्र बैंकले २ पटक संचालक समितिलाई बाेलाएर सम्झाएकाे थियाे ।