सुनको मूल्यमा निरन्तर उकालो लाग्दै दुई दिनमा २ हजारले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, बुधबार तेजावी सुनको मूल्य स्थिर रहेर तोलामा ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेर तोलामा १३ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन तोलामा ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १३ सय ४० मा कारोबार भएको थियो ।