बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औं प्रजातन्त्र दिवश भव्य रुपमा मनाईने « Arthapath.com
४ फाल्गुन २०७७, मंगलवार

बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औं प्रजातन्त्र दिवश भव्य रुपमा मनाईने



काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडामा ७१ औ प्रजातन्त्र दिवस प्रदेश स्तरमा भव्य रुपमा मनाईने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार बसेको बैठकले ७१ औं प्रजातन्त्र दिवश आगामी फागुन ६, ७ र ८ गते तीन दिन भव्य विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो ।


बैठकले प्रजातन्त्र दिवश मनाउन प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा प्रदेश स्तरीय प्रजातन्त्र दिवस समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री कार्यालयमा समारोह समिति गठन गर्न आज बसेको बैठकले प्रजातन्त्र दिवसका अवसरमा आगामी फागुन ६, ७ र ८ गते गरिने विभिन्न कार्यक्रमको समेत तय गरेको छ । बैठकले दिवशका अवसरमा हेटौंडामा अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता, परिसम्वाद कार्यक्रम, सरसफाई कार्यक्रम, रक्तदान कार्यक्रम, फलफुल वितरण कार्यक्रम, खुल्ला दौड प्रतियोगिता, म्यूजिकल थेरापी कार्यक्रमलगायत सार्वजनीक स्थानमा झण्डा फहराउने तथा तीनै दिन दिपावली गरेर मनाउने निर्णय गरेको छ ।


बैठकले फागुन ७ गते व्यापक जनपरिचालन सहितको ¥याली तथा दिवशका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका बिजयीलाई पुरकार वितरण कार्यक्रम गर्ने बताईएको छ । बैठकले जनपरिचालनको जिम्मा जिल्ला समन्वय समिति मकवानपुरलाई, अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको जिम्मा सामाजिक विकास मन्त्रालयलाई, परिसंवाद कार्यक्रमको जिम्मा प्रदेश सञ्चार रजिस्टार कार्यालयलाई, सरसफाई कार्यक्रमको जिम्मा हेटौंडा उपमहानगरपालिकालाई, फलफुल वितरणको जिम्मा कृषि तथा सहकारी मन्त्रालयलाई, रक्तदान कार्यक्रमको जम्मेवारी कर्मचारी मिलन केन्द्र मकवानपुरलाई, खुल्ला दौड प्रतियोगिताको व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समितिलाई, म्यूजिकल थेरापिको जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिएको छ ।


बैठकले अन्तर मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता प्रथम द्धितीय र तृतिय हुनेलाई क्रमश १० हजार, ७ हजार र ५ हजार र खुल्ला दौडमा विजयी हुने प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश १५ हजार, १२ हजार, १० हजार र ५÷५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । अन्तिम दिन भुटनदेवी माविको चौरबाट ¥याली सहित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुरस्कार वितरण तथा मञ्चको कार्यक्रम हुने बताईएको छ । कार्यक्रम प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको प्रमु आतिथ्यता एवम् सभामुख सानुकुमार श्रेष्ठको विशेष आतिथ्यतामा हुने छ ।

बैठकमा मुख्यमन्त्री पौडेलले सबैलाई प्रजातन्त्र दिवशको कार्यक्रममा सहभागि हुन आग्रह गर्नुभयो । बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री कैलाश ढुंगेल, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, भौतिक पुर्वार्धार मन्त्री रामेश्वर फुँयाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिव मान बहादुर बिकलगायत विभिन्न मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्