नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रथम बार्षिकोत्सवमा बाल मन्दिरलाई डेढ लाख सहयोग गर्यो « Arthapath.com
२३ असार २०८२, सोमबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्रथम बार्षिकोत्सवमा बाल मन्दिरलाई डेढ लाख सहयोग गर्यो



काठमाडौं । वि.सं.२०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न इजाजतपत्र प्राप्त गरीे २०७५ फाल्गुण २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार शुुभारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको एक वर्ष पुरा गरेको छ ।

एक बर्ष पुरा गरेको अवसरमा नेपाल बाल संगठन (बाल मन्दिर) लाई रु.१ लाख ५० हजार रुपैंया सहयोग गरी आफ्नो प्रथम वार्षिक उत्सव मनाएका छ । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचीव गणेश भक्त श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

काठमाण्डौ महानगरपालिका वडा नं.१० नयाँ बानेश्वर, काठमाण्डौंमा रजिष्टर्ड कार्यालय रहेको बैैंकको हाल अधिकृत पूँजी रु.४० अर्व, जारी पूँजी रु.२० अर्व र चुक्ता पूँजी रु.१२ अर्व रहेको छ भने बैंकले निकट भविष्यमा सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात चुक्ता पूँजी रु.२० अर्व पुग्नेछ ।

जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरुमा श्रोत लगानी गर्ने मुल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्