रिलायन्स फाइनान्सको १०.५३प्रतिशत लाभांस घोषणा « Arthapath.com
२१ फाल्गुन २०७७, शुक्रबार

रिलायन्स फाइनान्सको १०.५३प्रतिशत लाभांस घोषणा



काठमाडौं । रिलायन्स फाइनान्सले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागी ०.५३ प्रतिशत लाभांस दिने घोषणा गरेको छ ।

बिहीबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो लाभांस वितरण गर्ने निर्णय गरेको हो । रिलायनस् फाइनान्सको ८३ करोड २४ लाख चुक्तापु“जी रहेको छ ।

१० प्रतिसत बोनस सेयर वितरणपछि फाइनान्सको चुक्तापुँजी ९१ करोड ५६ लाख पुग्ने जनाइएको छ । सो लाभांस रकम नेपाल राष्ट्र बैंकको स्वीकृती तथा साधारणसभाबाट पारित भएपछि वितरण गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्