गलत बाटोबाट सरकार बन्न दिँदैनौं, निर्वाचनपछि पनि मुलढोकाबाट फेरी सरकार बनाउँछौं : प्रधानमन्त्री ओली « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

गलत बाटोबाट सरकार बन्न दिँदैनौं, निर्वाचनपछि पनि मुलढोकाबाट फेरी सरकार बनाउँछौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत बाटोबाट सरकार बनाउन खोज्ने तत्व समाप्त हुने बताएका छन । शुक्रबार प्रतिवन्धित नेकपाका विप्लब समुहसंग ३ बुँदे सहमती पछि मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले भने अहिले विकासको गतिमा अघि बढिरहेको सरकार ढाल्न खोज्ने तत्व आफै समाप्त हुने बताएका छन ।

भेलालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले ‘नेकपाकै नेतृत्वमा सरकारको नेतृत्व मैले गरिरहेको छु अर्को समुह कुर्सीका लागी छुट्टिएर सडकबाट सरकार बनाउँछौं भनिरहेका छन ।’ प्रधानमन्त्री ओलीले आफु मुलधारको नेकपामै रहेको दावीसमेत गरे ।

उता बिप्लव समुहका महासचिव नेत्रविक्रम चन्द बिप्लवलाई सहमतीको राजनितीमा आएकोमा बधाई दिए । उनले भने ‘अव देश बनाउने हो, सरकार बनाउन विदेशी गुहार्नेसंग कुनै सम्झौता नहुने बताए ।’


प्रतिक्रिया दिनुहोस्