आइतबार थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५८ जना निको भए
काठमाडौं । आइतबार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६६ जना नयाँ संक्रमित थप भएका छन् ।
बितेको २४ घण्टामा देशभर ४ हजार १११ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ७२१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७० हजार ८८६ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन । गत बिहीबारसम्मको विवरणअनुसार हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको छ ।