बुधबार नबिल बैंकसहित २ कम्पनीको ३ करोड ४६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा ३ करोड ४६ लाख ८३ हजार १ सय १६.२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
आज शेयर नेप्सेमा सुचिकुत भएको नबिल बैंकको ३३.५० प्रतिशत बोनस बापतको ३ करोड ३८ लाख २६ हजार ६ सय १६.२९ शेयर सूचीकृत भएको हो ।
त्यस्तै अरुण काबेली पावर लिमिटेडकोे ५.७१ प्रतिशत बोनस बापतको ८ लाख ५६ हजार ५ सय कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।













