कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशत बढी आवेदन
काठमाडौं । कुमारी ईक्वीटी फण्डको प्रति इकाई मूल्य रु. १० अंकित दरको ८ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरि फागुन २५ गते निष्काशन तथा बिक्री बन्द गरिएकोमा आवेदकहरुबाट माग गरेभन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको छ ।
कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
साथै, कोष प्रबद्र्धक एवं योजना व्यवस्थापकले आगामी दिनहरुमा समेत निरन्तर सहयोग र सद्भावको अपेक्षा राखेको छ । आम लगानीकर्ताहरुले देखाउनु भएको विश्वसनियतालाई आगामी दिनहरुमा कायम राख्दै अगाडी बढ्ने प्रतिवद्धता गरेको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्नुहुने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु तथा सम्बन्धित सबै निकायहरुमा धन्यवाद ब्यक्त गरेको छ ।













