कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप गरियो, अब फागुन २८ गतेसम्म आवेदन दिन सकिने « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप गरियो, अब फागुन २८ गतेसम्म आवेदन दिन सकिने



काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको कुमारी इक्विटी फण्डमा आवेदन दिने म्याद थप गरिएको छ । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईका लागि आवेदन दिने म्याद थप गर्दै फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । तर मागभन्दा बढी इकाईका लागि आवेदन परेमा यो समय भन्दा अघि नै निष्काशन बन्द गर्न सक्ने क्यापिटलले जनाएको छ ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्