बैंक अफ काठमाण्डूको क्यूआरकोड सेवा पूर्वी नेपालका विभिन्न बसहरुमा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

बैंक अफ काठमाण्डूको क्यूआरकोड सेवा पूर्वी नेपालका विभिन्न बसहरुमा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआरकोड सेवा विभिन्न बसहरुमा सुरु गरेको छ ।


आफ्नो डिजिटल कारोबार क्यूआरकोड विस्तारित गर्नेक्रममा पूर्वी नेपाल यातायात, श्री कंकाई माई पाथीभरा यातायात र श्री सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआरकोडको सेवा आज बिहिबार एक औपचारीक कार्यक्रमका बिच शुभारम्भ भएको छ । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधीहरुलाई क्यूआरकोड हस्तान्तरण गरेका छन ।

यस सेवाको शुभारम्भ संगै श्री पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म यात्रा गर्नुहुने सम्पूर्णले बसमा राखीएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआरकोड लाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन । साथै, श्री कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिईरहेकोमा अब उपरान्त् यस बससेवा प्रयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुले क्यूआरकोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआरकोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने श्री सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआरकोडस्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । आदरणीय सेवाग्राही महानुभावहरुले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरीएको क्यूआरकोडस्क्यान गरी भुक्तानी गर्न सक्नेछन ।


हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्