हिमालयन बैंकको नयाँ शाखा सुदुर पश्चिम प्रदेशको अत्तरियामा
काठमाडौ. । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुर पश्चिम प्रदेशको महेन्द्रनगर रोड, अत्तरियामा २०७७ साल फाल्गुण २३ गते देखि सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध हुने विश्वास गरेको बैंकले जनाएको छ ।
यो संगै बैंकको कूल शाखा संख्या ७१ र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने ATM संख्या १४६ र ४२०० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।











