२८ श्रावण २०८३, बिहिबार

४ महिनापछि केपी ओली र माधव नेपालबीच भेट हुँदै, होला त संबन्ध सुधार ?



काठमाडौं । लामो रस्साकस्सीपछि नेपाल कम्युनिष्ट पार्टी ( एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी ( एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।

चार महिनापछि दुवै नेताको भेट पार्टी कार्यालय धुम्बाराहीमा हुने भएको हो । प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालको भेट ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने छ ।

गत कात्तिक महिनापछि बालुवाटार पुगेर ओलीलाई भेटेका नेपाल ४ महिनापछि पछिल्लो राजनीतिक गतिविधिको बारेमा छलफल गर्ने भएका छन् ।