७ श्रावण २०८३, बिहिबार

मालपोतका सुब्बा ६ लाख घुस लिएको आरोपमा पक्राउ



काठमाडौं । ६ लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा र लेखनदासलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय, सिमरा बाराका कार्यालय प्रमुख नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाल रहेका छन ।


प्रहरीको अनुसार नासु मनोजले ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भन्दै सर्जमिन मुचुल्का सिफारिस पठाएर फुकुवा गर्ने प्रक्रिया मिलाएर फास्ट ट्रयाकबाट पास गराईदिने भन्दै घुस माग गरेको आरोपमा आयोगले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै उक्त रकम लिन मनोजले लेखनदास बद्रीलाई पठाएका थिए । लेखनदासले नासु मनोजलाई घुस बापतको रकम दिइसकेपछि पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्