७ श्रावण २०८३, बिहिबार

मिर्मिरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन छ । लघुवित्तले साधारण सभा प्रयोजनार्थ चैत ८ गते बुकक्लोज गर्ने भएपछि आज अन्तिम दिन हो ।

चैत ६ र ७ गते बजार नखुल्ने हुनाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा लघुवित्तको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

हाल कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश पारित गर्न चैत १८ गते वार्षिक साधारण सभा बोलाएकोछ ।


प्रतिक्रिया दिनुहोस्