७ श्रावण २०८३, बिहिबार

झण्डै एक करोडको आइपीओ आउँदै, बलेफी र ग्रीन भेन्चर्स हाइड्रोपावर निष्कासन माग गर्दै सेबोनको ढोकामा



काठमाडौं । आइपीओ निष्काशन गर्न माग गर्दै २ वटा हाइड्रोपावर कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन दिएका छन् । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् ।

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय र सर्वसाधारणको लागि ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि फागुन २५ गतेसेबोनमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

त्यस्तै, ग्रीन भेन्चर्स हाइड्रोपावर कम्पनी लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासनका लागि फागुन २८ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड छ ।


प्रतिक्रिया दिनुहोस्