बिनाधितो, बिनाब्याज युवालाई ३ लाखसम्म ऋण

काठमाडौ । । युवावर्गलाई रोेजगारको अवसर सिर्जना गरि स्वरोजगार बनाउने उद्देश्यका साथ भक्तपुरको चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको कर्जा उपलब्ध गराउन सुरु गरेको छ ।
युवाहरुलाई स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु. ३ लाख कर्जा दिनेबारे बुधबार सहमति सोत गरेको छ ।
राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालिम दिन शुरु गरेको छ। तालिमपश्चात् नेपाल बैंकले ती युवालाईनगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु. ३ लाखका दरले बिनाब्याज कर्जा पाउने छन ।उक्त कर्जा बापतको ब्याज नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले बताएका छन ।
कार्यक्रममा नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने जनाएका छन ।