नेप्सेमा ३ कम्पनीको १ करोड १४ लाख कित्ता सेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बिहीबार तीन कम्पनीको सेयर सूचीकृत गरिएको छ । ३ वटा कम्पनीको १ करोड १४ लाख २ हजार ९९०.२६ कित्ता सेयर सूचिकृत गरिएको हो । नेप्सेमा महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर, नेपाल बंगलादेश बैंक लिमिटेडको बोनस र हकप्रद सेयर र सेन्चुरी कमर्शियल बैंक लिमिटेडको बोनस सेयर सूचिकृत गरिएको हो ।
बिहिबार नेप्सेमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचिकृत गरिएको हो । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सूचिकृत गरिएको हो ।
त्यस्तै, नेपाल बंगलादेश बैंक लिमिटेडको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद सेयर सूचिकृत गरिएको हो । त्यस्तै, सेन्चुरी कमर्शियल बैंक लिमिटेडको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता सेयर सूचिकृत गरेको हो ।













