७ श्रावण २०८३, बिहिबार

कुमारी क्यापिटलको इक्वीटी फण्डको बाँडफाँट, कसले कति पाए ? किन ६१ जनाको बदर गरियो ?



काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी समाूहिक लगानी कोष अन्र्तगत संचालन हुने कुमारी इक्वीटी फण्डको प्रति इकाई रु १० दरको ८ करोड इकाईको लागि फागुन १४ गतेदेखि फागुन २८ गतेसम्म निष्काशन तथा विक्री खुल्ला गरिएकोमा मागभन्दा बढि आवेदन परेको छ ।

सामूहिक लगानीकोष निर्देशिका २०६९ को दफा १५ (४) मा र विवरण पुस्तिकाको बुँदा ४ (च) मा भएको व्यवस्था अनुसार अधिकतम २५ प्रतिशत थप गर्न सक्ने प्रावधान अनुसार कोषको इकाई १० करोड इकाई बाँडफाँड गर्न सकिने मध्ये राख्नुपर्ने १५ प्रतिशत विजपूँजी वापतको १ करोड ५० लाख ईकाई कोष प्रवद्र्धक कम्पनी कुमारी बैंक लिमिटेडलाई बाँडफाँड गरिएको र बाँकी रहेको ८ करोड ५० लाख इकाई चैत्र ०५ गते विहिवारका दिन विहान ११ः०० बजे कुमारी क्यापिटल लिमिटेड, नागपोखरी १, नक्साल, काठमाण्डौमा आमन्त्रित सदस्यहरु तथा प्रतिनिधिहरुको उपस्थितिमा बैठक बसी जम्मा आवेदन दिने ९४ हजार ७९४ जनामध्ये रितपुर्वक आवेदन दिनुहुने ९४ हजार ७३३ जना (जसमा सर्बसाधारणबाट ९४ हजार ६६१ जना आबेदकहरुबाट ३ करोड ९२ लाख ३१ हजार १० इकाई र विभिन्न संघ संस्थाबाट ७५ संस्था ५ करोड ३९ लाख २२ हजार ३ सय इकाई) आवेदकहरुलाई सो इकाईहरु बाँडफाँड गरियो र दोहोरो आवेदन दिने ६१ जना आवेदकहरुको आवेदन रद्द गर्ने निर्णय भयो ।

यसरी बाँडफाँड गर्दा इकाई १०० देखि २० लाखसम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई बाँडफाँड गरिएको छ । २० लाख इकाईभन्दा माथिल्लो समूह अर्थात इकाई २५ लाखदेखि ५० लाखसम्म माग गरि दरखास्त दिने जम्मा ७ जना प्रत्येक आवेदकलाई २४ लाख ६ हजार ६७० इकाई का दरले जम्मा १ करोड ६८ लाख ४६ हजार ६९० इकाई बाँडफाँड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्