७ श्रावण २०८३, बिहिबार

विश्व बैंकले नेपाललाई कोरोना खोप किन्ने ८ अर्ब ७० करोड ऋण दिने



काठमाडौं । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले आज नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड विरूद्धका खोपहरूको समतामुलकवितरणमा सहयोग पुर्या उन अन्तर्राष्ट्रिय विकास संघ (आईडा) मार्फत ७.५ करोड अमेरिकी डलर ( करिब ८.७ अर्ब नेपाली रूपैंया) बराबरको वित्तिय सहयोग अनुमोदन गरेको छ ।

यस वित्तिय सहयोगद्वारा समतामुलक वितरण योजना को माध्यमबाट कम्तिमा एक तिहाई जनसंख्यासम्म खोप को सुविधा विस्तार गर्नसकिने अपेक्षा गरिएको छ । यस महामारीले हाम्रासामु विशाल चुनौति र अनिश्चित वातावरण खडा गरेको छ, विशेष गरी खोपको खरीद, आपूर्ति र वितरणको सन्दर्भमा,”मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले बताएका छन । कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वाकांक्षी योजनालाई सघाउनका लागि हामीले चालेको यस शिघ्र कदम नेपाल र विश्व बैंकको बलियो साझेदारीको प्रमाण भएको छ ।

गतवर्ष चैतमा विश्व बैंकद्वारा स्विकृत गरिएको २.९ करोड अमेरिकी डलर ( ३.३ अर्ब नेपाली रूपैंया) बराबरको कोभिड–१९ आपतकालीन प्रतिकार्य र स्वास्थ्य प्रणाली तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड–१९ प्रतिकार्यमा विकासका अन्य साझेदारहरूको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर यस अतिरिक्त वित्त सहयोग आएको हो । यस नविन वित्त सहयोगको अधिकांश हिस्सा (९० प्रतिशत) कोभिड १९ का खोपहरूको खरिद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसङ्ख्याबाहेकका अन्य समुहमा खोप विस्तार गर्नमा परिचालित हुनेछ ।

बाँकी रकमले कोभिड–१९ खोपका पहलहरूलाई सघाउन र कोभिड–१९ सँग सम्बन्धित आपूर्तिहरू जस्तै निदान परीक्षणहरू, प्रयोगशाला उपकरणहरू र चिकित्सकीय सामग्रीहरू खरिद गर्न मद्दत पुर्याचईनेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न सहयोग गर्नेछ । साथै यस अतिरिक्त वित्तपोषणले सामुदायिक संलग्नता र जोखिम संचारमा पनि सहयोग पुर्यापउनेछ र हाल मौजूद डिजिटल प्रविधिमा आधारित महामारी सम्बन्धि तथ्यांक, निगरानी तथा अनुगमन प्रणालीलाईपनि सुदृढ तुल्याउनेछ ।यो सहयोग नेपाली जनताका लागि शारीरिक स्वास्थ्य र नेपाल राष्ट्रकालागि आर्थिक स्वास्थ्यको रक्षा गर्न निकै महत्वपूर्ण हुनेछ,”विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एशियाका लागि अभ्यास प्रबन्धक, गेल रिचर्डसनले भन्नुभयो। “कोभिड–१९को अनुमोदित खोपको पहुँच सबैभन्दा जोखिममा रहेका समुदायमा द्रुत र न्यायसंगत रूपमा विस्तार गर्नाले जनसंख्याव्यापी प्रतिरक्षा सुनिश्चित हुन्छ, जुन कोभिड–१९को विनाशकारी प्रभावबाट उत्थानशिल पुनर्लाभ प्राप्त गर्नका लागि मुख्य शर्त हो ।

नेपालको लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रहरूमा कोभिड–१९ खोप सहयोगका लागि पहिलो चरणमा स्विकृत भएका तीन परियोजना मध्ये एक हो।आजै विश्व बैंकको बोर्डले आईडामार्फत बंगलादेशका लागी ५० करोड अमेरिकी डलर र अफगानिस्तानका लागी ६ करोड अमेरिकी डलर(अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रष्ट फन्ड(ARTF) को ५ करोड डलर र इनर्जी म्यानेजमेन्ट सहयोग कार्यक्रम (ESMAP) को ३० लाख डलर सहयोग सहित) अनुमोदित गरेको छ । यस वित्तिय सहयोगका अतिरिक्त विश्व बैंकले दक्षिण एसियाका देशहरूमा न्यायसंगत, निश्पक्ष र समतामुलक खोप वितरणको रणनीति डिजाइन र कार्यान्वयनका विविध पक्षहरूमा प्राविधिक सहयोग र ज्ञान साझेदारी कार्यशालाहरू पनि प्रदान गर्दैछ ।

विकासशिल देशहरूका लागि आर्थिक कोष र ज्ञानको सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको विश्व बैंकले विकासशिल देशहरूलाई यस महामारीका स्वास्थ्य सम्बन्धी, सामाजिक र आर्थिक असरहरू विरुद्धको प्रतिकार्यमा सघाउन विस्तृत तथा द्रुत कार्यक्रम अगाडि बढाएको छ। यस अन्तर्गत कम तथा मध्यम आय भएका देशहरूमा कोभिड–१९का खोपहरूको खरिद, वितरण, परिक्षण र उपचारमा सहयोग गर्नका साथै खोप प्रणालीको सुदृढीकरणका लागि विनियोजित १२ अर्ब डलर रकम समेत पर्दछ । यस वित्तिय सहयोग विश्व बैंक समुह स्तरिय बृहत कोभिड–१९ प्रतिकार्य अन्तर्गत पर्दछ जसले संसारभरका १०० भन्दा बढी देशहरूमा स्वास्थ्य प्रणाली सुदृढीकरण गर्न, अति विपन्न घरधुरीहरूलई सहयोग गर्न र सबैभन्दा मारमा परेका मानिसहरूका लागि जिविकोपार्जन तथा रोजगारीका अवसरहरू कायम राख्नका लागि सहयोगी वातावरणको सिर्जना गर्न सहयोग गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्