ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ « Arthapath.com
६ चैत्र २०७७, शुक्रबार

ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ



काठमाडौं । ग्लोबल आइएमई बैंकको एटिम फुटाइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । ग्लोबल आइएमई बैंकको काठमाडौं महानगरपालिका २६ कान्तिपथस्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई पक्राउ गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे २ बजेको समयमा फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले फेला पारेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्