सिंगटी हाइड्रोको आइपीओमा पहिलो दिन २ लाख ५० हजार जनाले दिए आवेदन, ४२ करोड ३१ लाख रुपैयाँ संकलन
काठमाडौं । शुक्रबारदेखि सर्वसाधारणलाई निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा साढे २ लाखले आवेदन दिएका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा पहिलो दिन नै २ लाख ५० हजार ४२५ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा ४२ लाख ३१ हजार १७० कित्ताका लागि ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो
कम्पनीले शसक्रबारदेखि १ सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो । जसमा २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले चैत्र १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।













