सोमबार नेप्से २४.०४ अंकले घट्यो, ५ अर्ब ३५ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक २४.०४ अंकले घटेर २५१४.३९ अंकमा बन्द भएको छ । साताको पहिलो दिन हरियाली छाएको नेप्से सोमबार घटेको हो ।

सोमबार होटेल एण्ड टुरिज्म समूह १०४.९७ अंक र हाइड्रो पावर समूह १०१.७३ अंकले हरियो छाएको अर्थात बढेको छ । भने जीवन बीमा समूहले सर्वाधिक ३१५.९६ अंकले गुमाएका छन् ।

सोमबार दिनभरि २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ पटक सेयर कित्ता ६१ हजार ४८८ पटक किन बेच हुँदा ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।













