सोमबार थप १ सय ५० जनामा कोरोना, ३ जनाको ज्यान गयो « Arthapath.com
९ चैत्र २०७७, सोमबार

सोमबार थप १ सय ५० जनामा कोरोना, ३ जनाको ज्यान गयो



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका थप १ सय ५० जना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ५६ सय पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी आज ९९ जना संक्रमणमुक्त भएका छन् । यो संगै कोरोनासंक्रमण मुक्त हुनेको संख्या २ लाख ७२ हजार २० जना पुगेको छ ।

यस्तै गरी पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको ज्यान गएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ जना पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्