७ श्रावण २०८३, बिहिबार

सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, करिब १२ लाख २२ हजार जनाले दिए आवेदन



काठमाडौं । सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । चैत ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज चैत १० गते अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशनमा गरेको हो । जसमा १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोष, ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकि २६ लाख ९७ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा सोमबार ५ बजेसम्म आइपीओमा १२ लाख २२ हजार ८ सय ३२ जनाले आवेदन दिएका छन् सोमबार ५ बजेसम्म उक्त आवेदकबाट १ करोड ८८ लाख ७२ हजार ९ सय कित्ता सेयरका लागि १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रूपैयाँ संकलन भएको निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यो माग गरेको भन्दा ७.१४ गुणा बढी हो ।


प्रतिक्रिया दिनुहोस्