खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

खल्तीबाटै मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न सकिने



काठमाडौं । मेरो सेयर तथा डिम्याट खाता नविकरण गर्न खल्ती डिजिटल वालेटबाट सकिने भएको छ । खल्ती (स्प्यारो पे प्रा. लि) र सिडिएस एण्ड क्लियरिंग (सीडीएससी)बीच सम्झौता भएसैगै अब मेरो सेयर र डिम्याट खाता खल्तीबाटै नविकरण गर्न मिल्ने भएको छ । सम्झौतामा सीडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेललेमा हस्ताक्षर गरेका छन

सम्झौतापछि मेरो सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने जनाएको छ । उक्त खाता नविकरण गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ ।

मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ । मरो शेयरको अनुसार डिम्याट खाताधनीले मेरो सेयरको होम स्क्रिनमा लग–इन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गराएको छ ।


प्रतिक्रिया दिनुहोस्