कृषि सामाग्री कम्पनीले डाक्यो साधारण सभा
काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले आफ्नो १७ औं वार्षिक साधारण सभा चैत ३१ गते गर्ने निर्णय गरेको छ ।
कम्पनिको साधारण सभा कम्पनीको प्रधान कार्यालय, कुलेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे शुरु हुने कम्पनिले जानकारी दिएको छ ।
साधारण सभाले समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७६/७७ को आर्थिक विवरण एवम् लेखा परीक्षकको प्रतिवेदन र विविध एजेन्डाहरुमा रहेर छलफल गर पारीत गरिने कम्पनीले जनाएको छ ।













