बीमा समितिद्धारा नेपाल लाइफको सीईओमा नियुक्त भएका सन्तोष प्रसाईलाई स्वीकृति

काठमाडौं । बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका सन्तोष प्रसाईलाई स्वीकृति दिएको छ । बीमा समितिले प्रसाईलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।
गत माघ २७ गते बसेको कम्पनीको सञ्चालक समितिले इन्स्योरेन्सको कार्यवाहक सीईओ प्रसाईलाई प्रमुख कार्यकारी खधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । करिब डेढ महिनापछि बीमा समितिले कम्पनीको सञ्चालक समितिको उक्त निर्णयलाई स्वीकृत गरेको हो ।