७ श्रावण २०८३, बिहिबार

माया खोला हाईड्रोपावर कम्पनीले आइपीओ निष्काशन गर्ने, प्रभु क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त



काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता चैत्र १२ गते बिहीबार सम्पन्न भएको छ । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गर्नुभएको छ ।

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्